आज डडेल्धुरा कारागारका सात कैदीबन्दीलाई रिहा
सहयात्रा टिभी
काठमाडौँ । असोज ३, जिल्ला कारागार डडेल्धुराबाट सातजना कैदीबन्दी रिहा भएका छन्।
संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलर जितेन्द्र ओझाले जानकारी दिए।
उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको हो।
कर्तव्य ज्यान मुद्दाका दुई, बहुविवाहका दुई तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक–एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले जानकारी दिए।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली, २०७६ अनुसार उनीहरूको कैद कट्टा गरेका हुन्।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ।