केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राज्यले शिक्षकको सहि मागलाई सुनुवाई गरोस (सम्पादकीय)

सहयात्रा टिभी

काठमाडौँ । असोज ४,  सम्पादकीय- राजनीति देशको केन्द्रीय संयन्त्र हो । यदि यस संयन्त्रमै गडबडी आयो भने सम्पूर्ण जनताले ससंकित भएर बाँच्नुपर्छ र यो पनि सत्य हो कि कुनै पनि यन्त्र आफै चल्दैन ।

त्यसलाई चलाउने मान्छे नै हो । यदि चलाउने मान्छे सक्षम भएन भने यस राज्यसंयन्त्र खतरामा पर्छ । र त अहिले शिक्षकहरु आन्दोलन गर्न बाध्य छन् ।

किनकि शिक्षाको काम यहि संयन्त्र संञ्चालन गर्ने सक्षम जनशक्ति तयार गरी निर्माण गर्नु हो । सरकारी स्कुलमा शिक्षकहरु कडा प्रतिस्पर्धा गरेर लाइसेन्स सहित आएका हुन्छन् । एउट दक्ष र प्रभावशाली व्यक्तित्वद्धारा सृजित बालबालीकाको भविष्यको प्रभावमा त्यहि शिक्षककै देन हुन पुग्छ ।

सन्तुष्ट र सकारात्मकता बाट उब्जीएका शिक्षण सिकाईले एउटा सकारात्मक सवल सोचको समाज निमार्ण गरेको हुन्छ । यसरी समाज र सिङ्गो राष्ट्रमा पनि यसको असर देखा पर्छ ।

त्यसैले शिक्षकको व्यबस्था सान्दर्भिक भएन भने राज्यसंयन्त्रमा खतरा देखा पर्छ । खतरा उत्पन्न हुनु आन्दोलन हुनु स्वाभाविक नै हो । त्यसैले राज्य सञ्चालक सक्षम भएन भने शिक्षालाइ युगानुकुल तथा मानवीय बनाउन सकिन्न र यसको परिणाम स्वरूप पनि असक्षम राज्य सञ्चालकहरु उत्पादन हुन्छन् जुन खतराको अर्को पाटो हो ।

जबसम्म दक्ष राज्य सञ्चालक राष्ट्रले पाँउदैन , शिक्षा पनि सान्दर्भिक हुदैन न शिक्षकहरु खुसि रहेर आफ्नो कर्तव्य प्रति अग्रसर हुन्छन्  । जबसम्म सान्दर्भिक शिक्षा जनताले पाउदैनन् तबसम्म राज्य पतनतिर लाग्छ नै ,त्यसैले त कि राजनीतिमा क्रान्ति चाहियो या त शिक्षा प्रणालीमा । सबैले आ- आफ्नो क्षेत्रबाट  सोचौं र देशको उन्नति प्रगतिमा लागी परौं । राज्यले शिक्षकको सहि मागलाई सुनुवाई गरोस ।

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्