नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने : विनोद चौधरी
काठमाडौँ । असोज ७,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए ।
‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ,’ बैठकमा चौधरीले भने, ‘नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’
पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । विकासको खाका कस्तो हुने विषयमा पार्टीले आधिकारिक दस्तावेज केन्द्रीय समितिबाट पारित आफूलाई जानकारी नभएको चौधरीले बताए ।