भारतीय पक्षले आपूर्ति गर्न आश्वासन मात्र दिए तर कार्यन्वयन गरेन : मन्त्री रिजाल

सहयात्रा टिभी

काठमाडौं । असोज ८, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतीय पक्षसँग पटक पटक संवाद गरे पनि आपूर्ति सहज बनाउन नसकेको पार्टी बैठकमा सुनाएका छन् ।

केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महँगी र खाद्यान्नको सहज आपूर्ति हुन नसकेको विषय उठाएका थिए ।

धान, चामल र चिनीको आपूर्ति र बढ्दो महँगीलाई लिएर प्रश्न उठेपछि मन्त्री रिजालले भने,‘इण्डियाको वाणिज्य मन्त्रीसँग पनि कुरा गरें, धान, चामल र चिनीको विषयमा । हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्छन्,  आश्वासन मात्र दिए तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन ।’

भारतीय राजदूतसँग पनि यसै विषयमा ४र५ पटक कुरा गरेको उनले बैठकमा सुनाए । मन्त्री रिजाल भन्छन्, ‘राजदूतले भइराखेको छ, चिन्ता नगर्नुस् भनि प्रतिवद्धता जनाए पनि कार्यान्वयनको अवस्था नबनेको उनले बताए ।’

चिनीको हाहाकार भएकाले १०/१० हजार हजार क्विन्टल खाद्य संस्थान, साल्ट ट्रेडिङलाई टेण्डर गर्न आग्रह गरेको मन्त्री रिजालले जानकारी गराए । सरकारी दुई निकायले टेण्डर गरि आयात गरेको चिनीमा सरकारले ५० प्रतिशत भन्सार बेहोर्ने गरि प्रक्रिया अघि बढेको उनले बैठकमा जानकारी गराए ।

प्रकाशित : 25 September, 2023

प्रतिक्रिया दिनुहोस्