काठमाडौं महानगर र ईःबीच आज वार्ता हुने तर बालेन नबस्ने
काठमाडौं । असोज ९, राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।
मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।
मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ ।
आन्दोलनरत पक्षबाट ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ ।
‘उहाँहरुको माग के रहेछ, महानगरले गर्दा के समस्या भएको हो, के गरिदिनुपर्ने हो भनेर हामीले आज बोलाएका छौं, त्यसपछि थप छलफल हुन्छ’ भूपदेवले भने । वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन्