भारतीय राजदूतावासलाई साना परियोजनामा सहायता दिन ३ वर्ष थप
काठमाडौँ । असोज १०, सरकारले नेपालस्थित भारतीय राजदूतावासलाई नेपालभित्र साना परियोजनामा सहायता दिन थप ३ वर्षको समय दिएको जनाएको छ ।
सरकारको निर्णयअनुसार भारतले आफैंले छानेका खुद्रा कार्यक्रमहरुमा सहायता दिने परियोजनाले २० साउन २०८३ को अगष्टसम्म निरन्तरता पाएको हो ।
२०६५ सालदेखि सरकारले ‘साना विकास परियोजना’ (एसडीपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको छ ।
सुरुमा अधिकतम् तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भएको थियो, जसलाई डा. बाबुराम भट्टरराई प्रधानमन्त्री भएका बेला बढाएर ५ करोड रुपैयाँसम्म पुर्याइएको थियो ।
यो आयोजनाको पछिल्लोपटक थपिएको म्याद गत १४ भदौमा सकिँदै थियो । तर, १६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल र भारतबीच साना विकास आयोजना सञ्चालन गर्न भएको सम्झौतालाई ३ वर्ष लम्ब्याउने निर्णय गरेको हो ।