जीवित देवी कुमारीको सामूहिक पूजा गरिँदै
सहयात्रा टिभी
काठमाडौँ । असोज १०, बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

बुधबार सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए ।



