एमालेको कर्णालीप्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज
सहयात्रा टिभी
काठमाडौँ । असोज ११, नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि सारिएको प्रचार विभाग प्रमुख सूर्यमणी गौतमले जानकारी दिए ।
उनका अनुसार बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् ।
अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । त्यसपश्चात् ती प्रतिवेदनहरूमा छलफल चल्ने र निर्वाचनको प्रक्रिया भोलि बिहानबाट सुरु हुँनेछ ।