एमालेको कर्णाली प्रदेश कमिटीको चयनका लागि मतदान सुरु

काठमाडौं । असोज १४, नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइएन् ।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो । तर शनिबारदेखि ६ पटकसम्म मतदानको समय सरेर अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो ।
आइतबार पनि बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान सुरु भएको अध्यक्ष मण्डलले जनाएको छ ।