रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु
सहयात्रा टिभी
दाङ । असोज १५, रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।

दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो ।
दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए । प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।


