सुन र चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।

छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो ।

आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ स ४० रुपैयाँ कायम भएको छ । आइतबार १३ सय ६० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्