एमाले कोशी प्रदेशको अध्यक्षमा खतिवडा विजयी

सहयात्रा टिभी

कोशी । असोज १६, नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार खतिवडा ५ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत प्राप्त गरे । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भए । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्