बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प

सहयात्रा टिभी

काठमाडौं । असोज १६, सुदूरपश्चिम क्षेत्र बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको  आधा घन्टामा अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

 

 

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्