१९औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाल भारतसँग पराजित

सहयात्रा टिभी

काठमाडौं । असोज १७, हान्झाउ जारी १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो ।

हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ।

पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो ।

तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो ।

चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो ।

 

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्