बर्दिबासमा मधेशको सुरक्षा चुनौतीबारे अन्तरक्रिया

सहयात्रा टिभी

काठमाडौं । असोज १७, बर्दिबासमा मधेश प्रदेशको सुरक्षा चुनौतीबारे अन्तर्क्रिया भइरहेको छ ।

अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ-आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिहरूको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे जानकारी गराएका छन् ।

 

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्