टिस्टामा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जवान बेपत्ता

सिक्किम । असोज १७, उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीबाट भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएका छन् । टिस्टामा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जवान बेपत्ता
बुधबार बिहान साढे १ बजे अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ ।
सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चुङ्थाङ क्षेत्रमा कम्तीमा ६ वटा पुल बाढीले बगाएको जनाइएको छ ।