होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन चितवनको माडीमा हुने
काठमाडौँ । असोज १८, चितवनको माडीमा देशभरका होमस्टेहरुको साझा संगठन होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन असोज २५ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
महासंघले भरतपुरमा पत्रकार सम्मेलन गरी माडीमा हुन लागेको राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशालाको बारेमा जानकारी दिएको हो ।
माडीका विभिन्न जातजातीले अलग–अलग होमस्टे चलाएका छन् । सबैभन्दा बढी जातीले चलाएको होमस्टेहरु माडीमा मात्रै छन् ।
सम्मेलनमा आउने प्रतिनिधिलाई होमस्टेमा अट्नेहरुलाई होमस्टेमा र नअटाउनेहरुलाई विभिन्न फार्म हाउसहरुमा राख्ने गरी व्यवस्थान मिलाइएको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार एवम् माडीका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए । प्रतिनिधिहरु २५ गते साँझ नै माडी आइपुग्ने कार्यक्रम छ ।
माडी आएका प्रतिनिधिहरुलाई हरेक दिन २–२ घण्टा साइट सिन भिजिटका लागि माडीका पर्यटकीय गन्तव्यहरुमा लैजाने योजना रहेको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार दवाडीले बताए ।
उनले सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भरतपुर महानगरपालिकाले समेत होमस्टे महासंघको राष्ट्रिय सम्मेलनलाई प्रचारप्रसारको एउटा अवसरको रुपमा लिन सक्ने बताए ।
माडीको पर्यटन प्रवर् न र होमस्टेहरुको विकासमा सम्मेलन फलदायी सावित हुने महासंघका महासचिव चौधरीले बताए ।