नेप्सेमा दोहोरो अंकको गिरावट
सहयात्रा टिभी
काठमाडौँ । असोज १८, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।
बिहीबार बजार परिसूचक ११.०४ अंकले गिरावट हुँदा १९५६.९२ को विन्दुमा बन्द भएको हो । सेयर लगानीकर्तामा बढ्दो निराशाले नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ ।
बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ । होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ ।