प्रतिनिधि सभामा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो

सहयात्रा टिभी

काठमाडौँ । असोज १९, प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको जानकारी प्राप्त भएको छ । शुक्रबार भएको छलफलमा ८५ जना सांसदले भाग लिए ।

 

सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् । संविधानमा आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

२०२८ सालमा आएको विधेयकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनाउने गरी सरकारले २७ भदौ २०८० मा विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थियो । शुक्रबार सैद्धान्तिक छलफल भएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ अर्को बैठकमा दिनेछन् । प्रतिनिधि सभाको अर्को बैठक दुई दिन पछि अर्थात, असोज २१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : 6 October, 2023

प्रतिक्रिया दिनुहोस्