प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज २०, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

यस्तै, बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित : 7 October, 2023

प्रतिक्रिया दिनुहोस्