नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलले हिजो नै एक विज्ञप्ति जारी गरी आज दिउँसो संसद भवन नयाँबानेश्वरमा दलको बैठक बस्ने जानकारी गराएको थियो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रकाशित : 10 October, 2023

प्रतिक्रिया दिनुहोस्