म्यानमारको एक शिविरमा सैन्य आक्रमणमा परी २९ जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । असोज २३, म्यानमारको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको एक शिविरमा सैन्य आक्रमण भएको छ ।

आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको र ५६ जना घाइते भएका त्यस क्षेत्रमा क्रियाशील जातीय विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।

आक्रमण गएराति भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । म्यानमारमा सेनाले सन् २०२१ मा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सत्ताबाट हटाएको थियो । यसकाविरुद्ध असहमति राख्नेलाई सेनाले कारबाही गर्दै आएको छ ।

 

प्रकाशित : 10 October, 2023

प्रतिक्रिया दिनुहोस्