आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज २४, अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् २०११ देखि हरेक अक्टोबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ । दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ ।

सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गर्ल्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले बताइन् ।

प्रकाशित : 11 October, 2023

प्रतिक्रिया दिनुहोस्