कोशीमा माओवादीका नेता इन्द्रबहादुर आङ्बोको दाबी पेश

सहयात्रा टिभी

काठमाडौँ । असोज २५, कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेको जनाएका छन् ।

बिहीबार साँझ उनले कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले दाबी पेश गरेको जानकारी प्राप्त भएको छ ।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

 

प्रकाशित : 12 October, 2023

प्रतिक्रिया दिनुहोस्