हमाससँग सम्बन्ध भएका अन्य मुलुकसँग पनि समन्वय गरेर विपिनको खोजी गर्ने : मन्त्री साउद

सहयात्रा टिभी

काठमाडौं । असोज २९, परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको खोजीको लागि आक्रमणकारी समूह हमाससँग सम्बन्ध भएका मुलुकसँग छलफलमा रहेको बताएका छन् ।

सोमबार सुदूरपश्चिम पत्रकार समाजले आयोजता गरको दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले इजरायल विपिनको खोजीका लागि सरकारले आवश्यक सबै पहल अघि बढाइरहेको बताएका हुन् ।

मन्त्री साउदले आइतबार मात्रै इजरायल सरकारले पाँचवटा शव हस्तान्तर गरिसकेको र ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए ।

साथै, तेलअबिबस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बाँकी विद्यार्थीको मेडिकल प्रत्रिया सम्पन्न भएपछि इजरायलले हस्तान्तरण गर्ने बताए ।

 

 

प्रकाशित : 16 October, 2023

प्रतिक्रिया दिनुहोस्