प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने राजेन्द्र राईको धारणा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनबाट ताजा जनादेश लिनुपर्ने बताएका छन् ।

पटक पटक भएको सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले यस्तै विषयमा पटक पटक बोल्नुपर्दा अप्ठेरो लागेको बताए ।

कोशी प्रदेश सभाले प्रचलित नैतिक मूल्य मान्यता पटक पटक उल्लंघन गर्दै आएको पनि राईले बताए ।

एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेतासमेत रहेका राईले अध्यादेशबाट बजेट ल्याउनु, प्रदेशको नामकरण गर्दा संशोधन दर्ता गर्ने समय पनि नदिई हतारमा पारित गर्नु यसको उदाहरण भएको बताए ।

प्रकाशित : 18 October, 2023

प्रतिक्रिया दिनुहोस्