नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पायो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १, त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।