नेप्से उच्च अङ्कले बढेर उकालो लाग्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १, नेप्से उच्च अङ्कले बढेर उकालो लागेको छ । शेयर बजार १९ सय विन्दुभन्दा माथि पुगेको छ ।
आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।
बजार उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको कारोबार भयो ।
आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।