पोखराको मित्रमिलन सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिए

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् ।

 

आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै आइतबार उनीहरु सहकारी रजिष्टारको शरणमा पुगेका हुन् ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका निमित्त प्रमुख ईश्वरी ढकालले मित्रमिलनका ३४ जना बचतकर्ताले एकसाथ उजुरी दिएको जानकारी दिइन् ।

आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । ‘सहकारी प्रदेश सहकारी रजिष्टारअन्तर्गत खुलेकोले सबैभन्दा पनि उसैले छानबिन गरेर हामीलाई प्रतिवेदन बुझाउनपर्छ । त्यसका लागि हामीले पनि पत्र पठाइसकेका छौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहन थापाले भने ।

सहकारी रजिष्टारको कार्यालयले प्रतिवेदन दिनासाथ आफूहरु कानुनी कारबाहीका लागि तयार रहेको एसपी थापाले जानकारी दिए ।

मित्रमिलन सहकारीका अध्यक्ष र प्रबन्धक भने यतिबेला प्रहरी हिरासतमा छन् । बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो ।

बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् । एसपी थापाले बैंकिङ कसुरमा पक्राउ परेका पौडेल र अधिकारीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

 

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्