शेयर बजार परिसूचक नेप्सेमा सामान्य बृद्धि

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजारमा आज सोमवार सामान्य बृद्धि  भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।

बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर शेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

 

प्रकाशित : 30 October, 2023

प्रतिक्रिया दिनुहोस्