सुनको मूल्य घट्यो र चाँदीको मूल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १४, मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर खरिद बिक्री भइरहेको छ ।
मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १६ हजार ५ सय रुपैयाँ थियो ।


