जावलाखेलमा आजदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १४, ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।


जावलाखेल ग्राउन्डमा आजदेखि सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल छन् ।

नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 31 October, 2023

प्रतिक्रिया दिनुहोस्