इजरायलले गाजामा गरिरहेको आक्रमणमा ११ इजरायली सैनिकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ ।

हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर १९ देखि २४ वर्ष बीचको रहेको छ ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणयता मारिने इजरायली सैनिकको सङ्ख्या ३ सय २६ जना पुगेको छ ।

इजरायलमा सैनिकसहित झन्डै १४ सय जनाको ज्यान गएको छ भने इजरायलको आक्रमणमा परेर गाजामा झन्डै ९ हजार जना मारिएका छन् ।

हमासको आक्रमणको बदला लिन इजरायलले गाजा क्षेत्र लगभग ध्वस्त बनाएको छ भने कडा नाकाबन्दी लगाएको छ । गाजामा टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको छ ।

 

प्रकाशित : 1 November, 2023

प्रतिक्रिया दिनुहोस्