बुधबार पनि सेयर बजारको ओरालो यात्रा जारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, बुधबार पनि सेयर बजारको ओरालो यात्रा जारी रह्यो ।

५.८३ अंकले नेप्से परिसूचक घटेर १८५८ अंकमा झरेको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ ।

मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रह्यो ।

धेरै मूल्य घट्नेमा सोनापुर सिमेन्ट नै रह्यो । अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य घटेको यस कम्पनीको बुधबार भने ७.९९ प्रतिशत घटेर २३४ रुपैयाँ ८० पैसामा कायम भएको छ । सीवाईसी लघुवित्तको ५.५ तथा स्वेतगंगा हाइड्रोको ४ प्रतिशत मूल्य घट्यो ।

 

 

प्रकाशित : 1 November, 2023

प्रतिक्रिया दिनुहोस्