संसद्को चालु अधिवेशन आजै अन्त्य गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, संघीय संसद्को जारी हिउँदे अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रूपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।

फाइल तस्वीर

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक भ्रमणका अवसरमा उनले संसद्को संयुक्त सदनलाई सम्वोधन गर्ने प्रयोजनका लागि मात्र अधिवेशन बोलाइएको थियो । तर, संसद् सचिवालयले अधिवेशन बोलाउनुअघि पालना गर्नुपर्ने परम्परागत औपचारिकता भने पूरा गरेको थिए ।

यो राजनीतिक सहमतिमा गरिएको निर्णय भएकाले कुनै पनि दलले यसमाथि प्रश्न उठाएनन् । अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने लगायतका कार्यसूची तय हुन्छ ।

जुन विषय बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा परेका छन् । तर, सरकारबाट आज अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने प्राप्त नभएको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

आजको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ ।

प्रकाशित : 2 November, 2023

प्रतिक्रिया दिनुहोस्