मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो । कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् ।
यीमध्ये ६ जनाले कुल ११/११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०/१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ ।
लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।