राप्रपाले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख दिने

सहयात्रा टिभी

काठमाडौँ । कातिक १९, जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ ।

 

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कात्तिक मशान्तसम्म स्थगित गर्ने पनि उनले बताए ।

 

 

 

प्रकाशित : 5 November, 2023

प्रतिक्रिया दिनुहोस्