माओवादी केन्द्रले घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ ।

काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको उनले बताए ।

काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने भनिएको हो भूकम्पमा जनधनको धेरै क्षति भएको छ ।

यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ । यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो ।

माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।

गत १७ देखि २२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।

 

 

प्रकाशित : 6 November, 2023

प्रतिक्रिया दिनुहोस्