रास्वपाले मधेसमा गर्न लागेको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । कातिक २०, राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।
पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ / २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो ।
अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैठक स्थगित गरिएको हो ।