राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर पुगे जाजरकोट

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ ।

भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

 

 

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्