आज सुनचाँदीको मुल्य घट्यो
सहयात्रा टिभी
काठमाडौं । कातिक २१, सुनचाँदीको मुल्य आज घटेको छ । सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।