भरतपुर महानगर र बाग्मती सरकार मिली गौतमबुद्ध रङ्गशालाको काम सुरु
काठमाडौं । कातिक २१, चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ ।
भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान ७५ करोड रुपैयाँ बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेशनले काम गर्दाको बाँकी भुक्तानीलगायतका विषयमा सङ्घीय सरकारले निर्णय गर्ने उहाँले बताउनुभयो । उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरभित्र रहेको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई सहजरूपमा सम्पन्न गर्न रोकिएको काम अघि बढाउने गरी प्रदेश सरकारसँग सहमति गरिएको बताउनुभयो । तत्काल बोलपत्र आह्वान गरी काम अघि बढ्ने उहाँको भनाइ छ ।