नेप्सेमा बृद्धि भएपनि माइक्रोफाइनान्सहरुको सेयरमा उच्च गिरावट
सहयात्रा टिभी
काठमाडौँ । मंसिर ४,तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो ।
कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो ।
खासगरी सोमबार होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा भारी गिरावट आएको छ । होटल तथा पर्यटन १.८३, उत्पादन १.९१ र माइक्रोफाइनान्स उपसमूह १.४२ प्रतिशतले घटे ।