आज सुनको मुल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । मंसिर ५, सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनको भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।