लघुवित्त पीडितहरुद्धारा काठमाडौंको शान्तिवाटिकामा विरोध प्रदर्शन
सहयात्रा टिभी
काठमाडौँ । मंसिर ५, लघुवित्त पीडितहरुले काठमाडौंको शान्तिवाटिकामा आज विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा निषेधित क्षेत्र घोषणा भएपछि लघुवित्त पीडितहरुले मंगलबार शान्तिवाटिकामा प्रदर्शन गरेका हुन् ।
‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सारेका छन् ।