ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप

सहयात्रा टिभी

एजेन्सि । मंसिर ६, सन् २०२६ को विश्वकप फुटबल छनोट खेलका क्रममा ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा आज बिहान खेल सुरु हुनु अघि राष्ट्रियगान सकिएलगत्तै दुई पक्षका समर्थकबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।

झडपका कारण खेल आधाघण्टा पछि धकेलिएको थियो । दुई पक्षबीच भएको झडपको कारण भने खुलेको छैन । जारी खेलमा यो समाचार तयार पार्दासम्म अर्जेन्टिना १–० गोलले अगाडि रहेको छ ।

प्रकाशित : 22 November, 2023

प्रतिक्रिया दिनुहोस्