अभिनेता अनमोल केसी काममा फर्किए
काठमाडौँ । मंसिर ६, अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को प्रि-सुटिङ छायांकन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
निर्माता रोहित अधिकारीले ‘वार्मअप’का लागि मात्र छायांकन भएको बताए । बालुवाटारमा भैरहेको प्रि-सुटिङमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकार छन् । फिल्मलाई सुयस गुरुङले निर्देशन गर्दैछन् ।
‘खासमा हामीलाई चाहिने प्रकाश र दृश्यअनुसार कसरी खिच्ने बारेको वार्मअप सुटिङको रुपमा लिएका छौं’ निर्माता रोहित अधिकारीले भने, ‘सोहीअनुसार एरी क्यामेराले फिल्म खिच्ने काम भैरहेको छ ।’ पछिल्लो समय सुटिङमा जानुपूर्व फिल्म खिच्ने प्रि-सुटिङ अभ्यास विदेशमा पनि प्रचलनमा छ ।
‘फर्की फर्की’को औपचारिक छायांकन भने गन्धर्व दिवसको अवसरमा मंसिर ११ देखि तालनगरी पोखरामा सुरु हुँदैछ । २०८१ सालको जेठ ११ लाई प्रदर्शन मिति तय गरिएको छ ।