सरकारद्धारा सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान गरिएका करदाता कम्पनीहरू : सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम), निर्यात कारोबार : : डाबर नेपाल प्रालि ,विषेश उद्योग : एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली, सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई ,बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल ,पर्यटन : मनोकामना दर्शन प्रालि ,वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज ,ऊर्जा : भोटेकोसी पावर कम्पनी, रेमिटेन्स : आईएमई लिमिटेड ,व्यक्ति आय : विजयकुमार शाह ,आयकर मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)

प्रकाशित : 23 November, 2023

प्रतिक्रिया दिनुहोस्