फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सहयात्रा टिभी

एजेन्सि । मंसिर १७, फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले जनाएको छ ।

यूएसजीएसका अनुसार हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ दशमलब ८ किलोमिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पको फिलिपिन्स, इन्डोनेसिया तथा वरपरका मुलुकमा समेत धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पबाट कुनै मानवीय क्षति नभए पनि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा सुनामी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

समाचार संस्था रोयर्टसका अनुसार ती क्षेत्रहरू खाली गर्न भनिएको छ । एसियाली देशहरूमा फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम देश मानिन्छ ।

प्रकाशित : 3 December, 2023

प्रतिक्रिया दिनुहोस्