मकवानपुरमा ट्याक्टर दुर्घटना चालकसहित २ जनाको मृत्यु

मकवानपुर । मंसिर १८, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर गएराति अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।